कति प्रेमसम्बन्ध र मिडियादेखि पर समेत रहेका छन् । धेरै बलिउड अभिनेता तथा अभिनेत्रीहरुको एउटा न एउटा विगत रहेको छ । तर जब विवाह गर्ने समय आउँछ केही अभिनेता तथा अभिनेत्रीहरुले बलिउडबाट पर रहेका व्यक्तिहरुसँग विवाह गरेका छन् । उनीहरुलाई जीवनसाथीको रुपमा चुनेका छन् ।
१. शाहिद कपुर
बलिउडका चकलेटी नायकका रुपमा परिचीत साहिद कपुर पनि धेरै प्रेमिकाहरुबाट धोखा खाएकामध्येमा चिनिन्छन् । कहिले करिना कपुरसँगको सम्बन्ध त कहिले प्रियंका चोपडासँगको सम्बन्ध । करिनाले धोखा दिएपछि प्रियंकाको अगालोमा बाधिन पुगेका साहिदले विवाह भने मिरा राजपुत सँग गरेका थिए । प्रियंकासँगको सम्बन्ध पनि धेरै दिन नटिकेपछि साहिदले मिरासँग विवाह गरेका थिए । मिरा फिल्मी क्षेत्रसँग मतलब नराख्ने महिला हुन् ।
२. जोन अब्राहम
१० वर्षसम्म बिपासा बासुसँग रिलेशनसिपमा रहेका जोन अब्राहमको पनि ब्रेकअप भयो । जोनले आफ्नो धर्मपत्नी प्रिया रुचाललाई बनाए । उनी फिल्म ब्याग्राउण्डबाट होइनन् । फिल्म उद्योगदेखि उनको कुनै सम्बन्ध समेत रहेको छैन । हिमालचल प्रदेशमा बस्दै आइरहेकी प्रियाले अमेरिकाबाट आफ्नो अध्ययन सकेकी थिइन् ।
३. रविना टण्डन
कुनै समयकी चर्चीत नायिका रविना टण्डनले पनि नन फिल्मी व्यक्तिसँग विवाह गरिन् । अक्षय कुमारसँग तगडा अफयेर चलेपनि उनीहरुको ब्रेकअप भयो । अक्षयले अर्कैै अभिनेत्रीलाई मनपराउन थालेको थाहा पाएपछि रविनाले सम्बन्ध तोडेको बताइएको थियो । त्यसपछि रविनाले फिल्म डिस्ट्रीब्युटर अनिल थडानीसँग विवाह गरिन् ।
४. फरदिन खान
जानशीन फिल्मबाट आफ्नो फिल्मी करिअर सूरु गरेका फरदिन र अमृता अरोराबिच धेरै लामो समयसम्म अफयेर चल्यो । तर यो सम्बन्धले काम गरेन । फरदिन खानले पुरानो जमानाकी नायिका मुमताजकी छोरी नताशा माधवानीसँग विवाह गरे । नताशा फिल्मी संसारभन्दा पर छिन् ।
५. विवेक ओबरोय
ऐश्वर्य रायसँग अफयेर चलेपछि सलमान खानको धम्कीमाथि धम्की खाएका विवेकको चर्चा सोही विषयलाई लिएर आज पनि हुन्छ । तर ऐश्वर्याले अभिशेक बच्चनसँग लगनगाँठो कसिन् । विवेकले भने फिल्मी लाइनदेखि पर रहेकी सामजसेवी नन्दनी अलवाकी छोरी प्रिंयका अलवासँग विवाह गरे ।
६. करिस्मा कपुर
अभिशेक बच्चनसँग इन्गेजमेन्टसमेत गरेर सम्बन्ध टुटेपछि करिस्मा कपुरले फिल्मी लाइन देखि पर रहेका व्यापारी संजय कपुरसँग विवाह गरिन् । उनीलाई फिल्म देखि केही वास्था समेत रहेको थिएन । हाल यो जोडीको भने डिभोर्स भइसकेको छ ।
0 comments:
Post a Comment