300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, June 7, 2016

Tagged under:

यी हुन् घन्टी बजाउँदा स्वास्थ्यलाई हुने फाइदा

एजेन्सी । घन्टीहरु सामान्यतः पूजा या आरतीको समयमा मन्दिर र भगवानको मूर्ति अगाडि बजाइन्छ । यिनको विशेष ताल र गति हुन्छ । यी लययुक्त तरंगको प्रभाव व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा पनि पर्छ । घण्टीको आवाज कर्कश नभई प्रायजसो कर्णप्रिय हुन्छ, जसले कुनै हानी गर्दैन । वैज्ञानिकहरुका अनुसार घन्टी बजाउँदा कम्पन पैदा हुन्छ ।

 यस्तो कम्पन वातावरणमा टाढासम्म जान्छ । यो कम्पनले त्यस क्षेत्रमा आउने सबै जिवाणु, विषाणु र सुक्ष्म जीव नष्ट हुन्छ र आसपासको वातावरण शुद्ध हुन्छ । मन्दिरको घन्टी क्याडमियम, जिंक, निकेल, क्रोमियम र म्याग्नेशियमबाट बनेको हुन्छ । यसले मष्तिकको दायाँ र बायाँ हिस्सालाई सन्तुलित गर्छ । घण्टी बजाउँदा निस्कने आवाज बजाउन छाडेको १० सेकेण्डसम्म कानमा गुन्जिरहन्छ । घन्टीको गुन्जन शरीरको सबै ७ हिलिङ सेन्टरलाई एक्टिभेट गर्न राम्रो मानिन्छ ।

यसले मानिसलाई एकाग्र बनाई मनलाई शान्त पनि बनाउँछ । घन्टीको ध्वनीले मन, मष्तिष्क र शरीरलाई उर्जा प्रदान गर्छ । यसको उर्जाले बुद्धि प्रखर हुन्छ । जुन स्थानमा घन्टीको आवाज नियमित हुन्छ, त्यहाँको वातावरण सधैं सुखद र पवित्र बन्छ र नकारात्मक या दुष्ट शक्ति पूर्ण रुपमा निष्क्रिय रहन्छ । (स्रोतः वान्लीमाईहेल्थ)

0 comments:

Post a Comment