भारतको बिहारमा जनता दल युनाइटेड (जेडीयू)का नेताको गाडीलाई ओभरटेक गरेको भन्दै एक १९ वर्षीय किशोरमाथि गोली हानी हत्या भएको छ।
एनडीटीभीका अनुसार व्यवसायीका छोरा आदित्य सचदेव स्विफ्ट कारमा साथीहरुसँग गइरहेका थिए।
उनीहरुको गाडीले जेडीइयू नेता मनोरमा देवीको रेन्ज रोभरलाई उछिन्यो। त्यो गाडीमा उनका छोरा रक्की बिहार पुलिसले उपलब्ध गराएको सुरक्षाकर्मीसँग यात्रा गरिरहेका थिए।
जसै गाडीले उछिन्यो रक्की र उनका सुरक्षागार्डले गोली हान्न थालेको आदित्यसँग कारमा यात्रारत युवकले प्रहरीलाई बताएका छन्।
'हामी बोधगयाबाट फर्किँदै थियौं। हामीले ओभरटेक गर्नासाथ उनीहरुले हवाई फायर गरे र हामीलाई रोके। हामीलाई गाडीबाट उत्रिन भने र मुक्का हान्न थाले।
हामी जसै उम्किन खोज्यौं गोली चल्यो र साथीलाई लाग्यो,' उनले भने।
त्यो रेन्ज रोभर नेता मनोरमाको परिवारको हो।
बिहार संसद सदस्य छिन् उनी। उनका पति विन्दी यादव बाहुबली नेताका रुपमा चिनिन्छन्। रक्की वेपत्ता भएका छन् भने गया पुलिसले यादव र उनका गार्ड राजेश कुमारलाई कारसहित नियन्त्रणमा लिएको छ।
गोलीको सिकार भएका आदित्यले भर्खरै १२ को परीक्षा सकेका थिए।
Sunday, May 8, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment