काठमाडौं, वैशाख २५ -
निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेलले पुँजीगत लाभकर बापतको झण्डै १० अर्ब रुपैया बुझाएको छ । एनसेलले आइतबार कर बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ ठुला कर दाता कार्यालयमा दाखिला गरेको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक चुडामणी शर्माले जानकारी दिनुभयो ।
स्वीडेनमा मुख्य कार्यालय रहेको कम्पनी टेलियासोनेराले एनसेलको स्वामित्व मलेशियाको कम्पनी एक्जिएटालाई बिक्री गरेबापतको कर तिर्नु पर्ने–नपर्ने विषयमा लामो विवाद थियो ।
टेलियासोनेरा तथा अर्को कम्पनी भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत शेयर एक्जिएटाले १ अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेपछि त्यसबापतको पुँजिगत लाभ कर तिर्नुपर्ने कि नतिर्ने र तिर्नुपरे कसले तिर्ने भन्ने विषयमा विवाद थियो ।
अन्तत एनसेलले करमध्येको १५ प्रतिशत रकम बुझाउनुपर्ने अन्तिम दिन आइतबार रकम दाखिला गरेको हो । यो कर टेलियासोनेराले तिर्नु पर्ने भएपनि उसले कर तिर्न अस्वीकार गरेपछि एनसेल आफैंले कर तिरेको हो ।
Sunday, May 8, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment