300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

दुई बस र एउटा तेल ट्याङ्कर ठक्कर खाँदा ७३ जनाको मृत्यु

अफगानिस्तान – पूर्वी अफगानिस्तानको घाजनी राज्यमा आइतबार सडक दुर्घटना हुँदा कम्तिमा ७३ जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । दुई बस र एउटा तेल ट्याङ्कर ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा महिला, बालबालिकासहित ७३ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता इस्माइल काबसीले बताए ।

बस तेलको ट्याङ्करसँग ठोकिएपछि ट्याङ्करबाट पोखिएको तेलमा आगलागी भएपछि मृतकमध्ये धेरैको शव आगोले जलेर चिह्न नसकिने अवस्थामा रहेका छन् भने दर्जनौँ यात्रुलाई घाइते अवस्थामा उपचारका लागि घाजनी तथा कान्दाहार शहर पु¥याइएको छ, उनले भने । केही घाइते यात्रुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या योभन्दा बढ्न सक्ने उनको भनाई छ । द्वन्द्वले विक्षिप्त अफगानिस्तानमा सडक दुर्घटनाका घटना सडकको कमजोर संरचनाका कारण सामान्य मानिन्छ । यद्यपि दुर्घटनामा यति ठूलो हताहती भने कमै हुने गरेको उनको भनाई थियो ।

 यसै वर्ष मे महिनामा अफगानिस्तानको पश्चिमी इलाका वादगिसमा भएको एक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी बसले इन्धन बोकेको ट्याङ्करलाई ठक्कर दिँदा सन् २०१३ मा कान्दाहार सहर नजिकै पनि ४५ जनाले ज्यान गुमाएका थिए । पटकपटकका दुर्घटनामा सयौँ मानिसको ज्यान गएपछि विश्व बैंकले सन् २०१५ को नोभम्बरमा अफगानी सडक कमजोर संरचनालाई सुर्धानका लागि भनेर २५० करोड अनुदान रकम प्रदान गरेको थियो ।

0 comments:

Post a Comment