सोलः दक्षिण कोरियामा औद्योगिक र सडक दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ ।
रोजगारीका लागि कोरिया आएकी बक्रांग गोरखाकी सिर्जना पन्त कार्कीको औद्योगिक काममा रहने क्रममा शुक्रबार मृत्यु भएको हो । त्यसैगरी सडक दुर्घटनामा परेर बौद्ध परिवार कोरियाका अध्यक्ष ईश्वर गुरुङ्गको पनि बिहीबार मृत्यु भएको छ ।
एक महिनाअघि मात्रै कोरिया आएकी कार्कीको ससानस्थित एक कम्पनीमा कामको क्रममा शुक्रबार साँझ पाँच बजे मृत्यु भएको थियो ।
कुखुराको मासु काट्ने कम्पनीमा कार्यरत कार्कीले सफा गर्ने क्रममा चिप्पिलिएर मृत्यु भएको थियो ।
उनी चिप्लिएर कुखुराको प्वाँख सफा गर्ने मेशीनमा ठोक्किएपछि मृत्यु उनकी भएको सहकर्मीले बताइन् ।
१३ जना नेपाली कार्यरत उक्त कम्पनीमा उनीसँगै अरु दुई महिला पनि कामका लागि आएका थिए । मृतक कार्कीका श्रीमान पाँच महिनाअघि मात्रै अमेरिका गएका थिए ।
२९ वर्षीया कार्कीका दुई छोरी पनि छन्।
कोरियास्थित श्रम सहचारी घटनाको देवराज ढकालले प्रारम्भीक जानकारी आएको बताउँदै बिस्तृत बुझ्न बाँकी रहेको बताए ।
स्याङ्गजा परिवारका पूर्वअध्यक्ष समेत रहेका ईश्वर गुरुङ्गको गाडीले ठक्कर दिएर बिहीबार इन्छनमा मृत्यु भएको हो ।
सामाजिक कार्यमा सक्रिय गुरुङ्ग नेपाल फर्कने क्रममा थिए । लामो समय कोरियामा बिताएका गुरुङ्ग सामजिक कार्यमा सक्रिय भएकाले नेपालीमाझ परिचित थिए ।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment