पेरिस, वैशाख ।
फ्रान्स संसदका उपसभामुख डेनिस वाउपिनले यौन उत्पीडन गरेको आरोप लागेपछि सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । वाउपिनमाथि चार जना महिलाले आफूलाई यौन अपराध गरेको दाबीका साथ अदालतमा मुद्दा दायर गरेपछि नैतिकताको आधार देखाई राजीनामा दिएको बताएका छन् ।
यद्यपि वाउपिनले आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएका छन् । यकोलोजिस्ट ईईएलभी पार्टीबाट उपसभामुख निर्वाचित बनेका वाउपिनले फ्रान्सकै आवास योजना मन्त्री इमान्युल कोजसँग विवाहित जीवन बिताउँदै आएका छन् ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment