300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

श्रीमतीको नागों तस्वीर श्रीमानलाई पठाएपछि यस्तो भयो

काठमाडाैं-एक महिलाको नग्न तस्बिर खिचेर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् । इटहरी घर भई काठमाडौं बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

चौधरीले एक महिलाको नग्न तस्बिर उनका श्रीमानलाई मोबाइलमा इमो (निशुल्क फोन तथा एसएमएस पठाउने एप) मार्फत पठाएका थिए । चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अभियोगमा थुनामा राखी कारबाही अघि बढाएको छ।
चौधरी पूर्वप्रहरी

पूर्व प्रहरी समेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्बिर खिचेका थिए ।

सोही तस्बिर पछि उनले महिलाका श्रीमानलाई पठाएका थिए । महिलालाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् । गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो ।

पछिल्लो समय उनी चालक पेसामा आबद्ध थिए । महानगरीय प्रहरी परिसरका डिएसपी रवीन्द्र रेग्मीका अनुसार चौधरीले झुक्किएर सो फोटो ‘सेन्ड’ भएको बताएका छन् ।

बिहेको भिडियो युट्युबमा

एक युवतीको बिहेको भिडियो अश्लील नाम दिएर युट्युबमा राख्दा धादिङका सुरेशदर्पण श्रेष्ठ पक्राउ परेका छन् । क्यामरामेनका रूपमा काम गर्ने श्रेष्ठले केही महिनाअघि एक युवतीको बिहेको भिडियो खिच्ने जिम्मा पाएका थिए ।

सो भिडियोको केही भाग नेपाली हट सेक्सी भिडियो भनेर उनले युट्युबमा राखेका थिए । युवतीका आफन्तहरूले थाहा पाई उनलाई खबर गरेपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले गत मंगलबार श्रेष्ठलाई धादिङबाट पक्राउ गरेको हो । त्यस्तै, इमेज च्यानलको फेसबुक पेज इमेजखबर ह्याक गर्ने प्रेमबहादुर विक पनि पक्राउ परेका छन् ।

नग्न तस्बिर इन्स्टाग्राममा


आफूलाई धोका दिएको भन्दै पूर्वप्रेमिकाको नग्न तस्बिर इन्स्टाग्राम (सामाजिक वेबसाइट) मा राख्ने एक युवक पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई साइबर क्राइम अपराधमै प्रहरीले मुद्दा चलाएकोमा उनलाई ४५ हजार रुपैयाँ धरौटीमा अदालतले छाडेको छ । उनी प्राय: प्लस टु तहका युवतीहरूसँग रोमान्सका लागि प्रेम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिका दैनिकमा समाचार छ ।
- See more at: http://www.nepalipatra.com/news/newspaper/cyber-crime-in-nepal/3362#sthash.DCNwIRVl.dpuf

0 comments:

Post a Comment