बिहेमा बरबधु खोज्नका लागि गरिने विभिन्न विज्ञापन त हामीले देखेकै छौँ । तर एक ४० वर्षीया अभिनेत्रीले भने निकै फरक ढंगमा आफ्नो विहेको विज्ञापन गरेकी छिन् र असल लोग्नेको खोजीमा छिन् ।
थाइल्याण्डकी अभिनेत्री अरान्या पुइ पाथुमथोंग ४० वर्षकी भैसकेकी छिन् ।
तर उनी आफुलाई अझै कुमारी नै दाबी गर्छिन् । उनले हालै राजधानी बैंकका सहरको मध्य भागमा एउटा ठूलो बोर्ड राखेरै लोग्नेका लागि विज्ञापन गरिन् ।
उक्त विज्ञापनमा उनको मोबाइल नम्बर पनि दिइएको थियो । त्यसैले उनीसँग बिहे गर्न चाहने पुरुषहरुले उनलाई सिधै सम्पर्क गर्न सक्थे ।
विज्ञापनमा लेखिएको थियो की अरान्या आफु भर्जिन हुन् र मर्नुअघि आफ्नो भर्जिनिटी कम्तिमा एक पटक तोड्न चाहन्छिन् । विज्ञापन पोष्टरमा उनको निकै बोल्ड तस्वीर पनि दिइएको थियो ।
तर राजधानी सहरको बीच भागमा यस्तो आपत्तिजनक विज्ञापन सहितको तस्वीर सह्य भएन । पुलिसले केही दिनमै उक्त विज्ञापन बोर्ड हटाइदियो र पैसा लिएर त्यस्तो विज्ञापन सहरको सार्वजनिक स्थानमा राख्ने विज्ञापन एजेन्सीलाई जरिवाना पनि गर्यो ।
Sunday, May 8, 2016
Tagged under: Entertainment
मर्नुअगाडि कुमारित्व भंग गर्ने यी नायिकाको चाहना, लोग्ने खोज्न अनौठो विज्ञापन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment