300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

नेपाल बन्द गर्नेले क्षतिपुर्ति तिर्नु पर्ने


२६ बैशाख, काठमाडौं ।
अव बन्द हडताल गर्नेहरुले क्षतिपुर्ति तिर्नु पर्ने भएको छ । ओली सरकारले बन्द हडताल जस्ता क्रियाकलाप निषेध गर्नका लागि दण्डनीय बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

राष्ट्रपति विद्या भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बलपूर्वक बन्द गरिएमा आयोजकहरुबाट भौतिक क्षतिको क्षतिपूर्ति असुल गरिने कानूनी व्यवस्था गरिने जानकारी दिएकी छिन् । औद्योगिक पूर्वाधारका लागि प्रत्येक प्रदेशमा तीन बर्षभित्र सम्पन्न गर्नेगरी कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना कार्य यसै बर्षदेखि सुरु गर्ने सरकारको तयारी छ ।

ओली सरकारले अव बन्द हडताल जस्ता गतिविधीलाई निषेध गर्ने संकेत नीति तथा कार्यक्रमबाट दिएको छ । बन्दबाट हुने क्षति आयोजकबाटै भराउने नीति अघि सारेपछि कतिपय पक्षबाट यस्को विरोध हुन सक्ने पनि देखिएको छ ।

0 comments:

Post a Comment