लहानः
स्थानीयको कुटपिटबाट गएराति सिरहाको सिलौरापछवारी ८ खैरीटोलका एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीया सागरदेवी यादव रहेको प्रहरीले जनाएको छ।
स्थानीय दीपेन्द्र यादव, शैलेन्द्र यादव, सावित्री यादव, इन्द्रदेव यादव र सञ्जीत यादवलगायको कुटपिटबाट गम्भीर घाइते सागरदेवीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए।
दाजुभाइबीच भएको पुरानो रिसिइबीको निहुँमा देवर नाता पर्ने ती व्यक्तिले गएराति सागरदेवीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीको भनाइ छ।
कुटपिटमा संलग्न पाँचै जना फरार भएकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment