300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 29, 2016

Tagged under:

बिहारको जेलबाट नेपालका व्यापारीको अपहरण फिरौती नै मागियो १० करोड

फिरौती नै मागियो १० करोड काठमाडौंः वीरगन्जको प्रतिष्ठित औद्योगिक घराना केडिया समुहका उद्योगी सुरेश केडियालाई बिहारको जेलका एक बन्दीको योजनामा अपहरण गरेको खुलेको छ । केडियालाई नेपाल र भारतका सुरक्षाकर्मीले सकुशल अपहरणमुक्त गरेपछि यो तथ्य बाहिर आएको हो । नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त अप्रेशन पश्चात उनी अपहरण मुक्त भएका हुन् ।

 नेपालबाटै पक्राउ गरी भारत बुझाइएका बब्बुु दुबेले जेलभित्रैबाट योजना बनाएर केडियाको अपहरण गर्न नेपाली र भारतीय समूह परिचालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । एसएसपी सर्बेन्द्र खनाल अञ्चल प्रहरी नारायणीका प्रमुख हुँंदा उनैले काठमाडौंको सीतापाइलाबाट दुबेलाई पक्राउ गरि भारतीय प्रहरीलाई बुझाएका थिए । बिहारको बक्सार कारागारमा रहेका दुबेले आफ्ना भाई बब्लु दुबेलाई परिचालन गरि बाराको बरियारपुर जंगलबाट केडियाको अपहरण गराएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार केडियाका परिवारबाट अपहरणकारीले फिरौतिबापत १० करोड रुपैयाँ मागेका थिए ।

वीरगन्जमा नाम कमाएका व्यापारी केडियाको सम्पत्तिबारे चाल पाएपछि दुबेले अपहरणको योजना बनाएका थिए । अपहरणकारीले केडियालाई भारतको मोतिहारीमा लगेर राखेका थिए । नेपाल प्रहरी भारत बिहारको मोतिहारी र बेतिया प्रहरीसँंग समन्वय गरेर केडियाको खोजीमा जुटेको थियो । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, सिआईबीबाट एसएसपी मनोज न्यौपाने, प्रहरी निरीक्षक रुगम कुँवर, अञ्चल प्रहरी कार्यालय नारायणी र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली भारतीय प्रहरीटोलीसँंगै अप्रेशनमा खटिएको थियो ।

 ‘दुबेसँंगको फोन सम्पर्क र शंकास्पद व्यक्ति पक्राउ गरेपछि उनीहरुको फोन सम्पर्क केलाएर हेर्दा दुबेका भाइ बब्लुको लोकेशन ट्रयाक गर्न सजिलो भयो’, केडियालाई मुक्त गर्न खटिएका एक प्रहरी अधिकृतले भने, ‘जब ब्व्लुलाई पक्राउ गरियो, तब दुबेले भाइलाई छाडेमा केडियालाई मुक्त गर्ने बताएपछि संयुक्त अप्रेशन पुरा भयो ।’ प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा शंकास्पद पाँंच जनालाई पक्राउ गरेको छ । जसमध्ये एक नेपाली र एक भारतीयसहित दुईजना अपहरणको योजनादेखि सम्पूर्ण कार्यमा संलग्न भएको प्रहरीको दाबी छ । अनुसन्धानमै रहेको भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन ।

0 comments:

Post a Comment