फरीदकोट । भारतको पञ्जाबस्थित एक विवाहित महिलाले खाना बनाएर दिनुको साटो माइतीलाई बोलाएर भक्कु पिटाएकी छिन् ।
फोन गरेर माइतीलाई घरमा बोलाएकी ती महिलाले आफ्ना पतिलाई गम्भीर घाइते हुने गरी कुटाएकी हुन् ।
ससुराली पक्षको कुटाइबाट घाइते भएका हरदीप सिंहले प्रहरीमा उजुरी दिएका छन् ।
हरदीप सिंहले आफ्नी पत्नीले सधै साना–साना कुरामा झगडा गरेर गाउँमा पञ्चायत बोलाउने गरेको गुनासो गरेका छन् । आफ्नी पत्नीलाई धेरै माया गर्ने हरदीपले पत्नीको व्यवहारबाट आफू आजित भएको प्रहरी समक्ष बयान दिएका छन् ।
यही वैशाख १० गते सामान्य कुरालाई लिएर उनकी पत्नीले बिहान माइत फोन गरेर माइतीलाई बोलाइ पति हरदीप सिंहलाई भक्कु कुटाएकी थिइन् ।
पिटाइ सहन नसकेका उनलाई अस्पताल भर्ना गरिएको छ ।
हरदीप सिंहलाई देसा सिंह, संदीप सिंह, गामा, दर्शन सिंह, केवल सिंह, जस्सो, सोहनी र पत्नी मिलेर कुटेको उजुरीमा उल्लेख छ ।
कुटपिटको यो मुद्दालाई प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । पुलिस थाना सादिकले मुद्दा दर्ता गराइसकेको सहायक थानेदार कुलदीप सिंहले बताएका छन् ।
Friday, May 13, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment