काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छिन् ।
राजधानीको टुँडिखेलमा शनिबार हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा आफ्नो प्रस्तुति देखाउन सोनाक्षी शुक्रबार दिउँसो काठमाडौं ओर्लिएकी हुन् ।
सैनिक श्रीमती संघले आयोजना गरेको उक्त कार्यक्रममा सोनाक्षीसँगै बलिउड अभिनेत्री मलाईका अरोरा पनि उपस्थित हुनेछिन् । उनी आजै बेलुका आईपुग्ने आयोजकले बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी सोनाक्षी आरामका लागि सिधै सोल्टी होटल पुगेकी छिन् ।
Friday, May 13, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment