300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

दक्षिणकालीमा ट्रिपर खस्दा चालकको मृत्यु ,सहचालक घाइते

काठमाडौं, ८ जेठ । काठमाडौंको दक्षिणकालीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

आज बिहान सवा छ बजे दक्षिणकाली नगरपालिका– ९ युतिकीस्थित सडकखण्डमा दक्षिणकालीबाट कच्ची सडक हुँदै युतिकीतर्फ आउँदै गरेको बा ३ ख ५६६१ नम्बरको मिनी ट्रिपर युतिकी स्थित क्रसर जाने क्रममा सडक घुम्तिबाट दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्दाजी १ सय फिट तल खोलामा खस्दा सवारी चालक काठमाडौैं महानगरपालिका– ६ डल्लु बस्ने ३० वर्षीय सुबास तामाङको घटनास्थलमै मृत्यु भएको थियो । सहचालक काठमाडौं महानगरपालिका– १२ हुडु बस्ने २० को सुनिल तामाङ सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि मनमोहन हस्पिटल फर्पिङ पठाइएको छ ।

0 comments:

Post a Comment