काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका प्रबन्धक डा. शत्रुध्नप्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले साह र उनकी श्रमती सुशीलाले २ करोड ३८ लाख भ्रष्टाचार गरेको ठहर गर्दे सोमबार मुद्धा दायर गरेको हो ।
पदको दुरुपयोग
साह दम्पतीले पदको दुरुपायोग गर्दै अकुत सम्पति आर्जन गरेको अख्तियारको दाबी छ । उनीहरुले स्रोत खुलाउन नसकेको २ करोड ३८ लाख ६८ हजार ३० रुपैयाँ जफत गर्न अख्तियारको माग छ ।
साहले सार्वजनिक संस्थाको राष्ट्रसेवक पदमा बहाल रहँदा आफ्नो पद र अधिकारको दुरुपोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी उच्च जीवनस्तर यापन गरेका उजुरीका आधारमा अख्तियारले उनीमाथि छानविन गर्दै आइरहेको थियो ।
सम्पत्ति लुकाएको दाबी
अख्तियारले साह दुग्ध विकास संस्थानमा टेक्निकल अफिसर पददेखि प्रबन्धकमा रहँदासम्म उनले आर्जन गरेको सम्पत्तिबारे छानबिन गरेको थियो । सो क्रममा साहबाट प्राप्त विवरणअनुसार उनले सम्पत्ति लुकाएको पाइएको अख्तियारले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments:
Post a Comment