डर्टी पिक्चरबाट सफलताको शिखर चुमेकी विद्या बालनले दुईपटक डिभोर्स गरिसकेका फिल्म निर्माता तथा डिज्नीका म्यानेजिङ निर्देशक सिद्धार्थ रोए कपुरसँग विवाह गरेकी थिइन् ।
२. श्रीदेवि र बोनी कपुर
चर्चीत फिल्म निर्माता बोनी कपुरसँग लामो समय अफेयर चलेपछि श्रीदेवीले विवाह गरेकी थिइन् । बोनी कपुरले श्रीदेवीसँग विवाह गर्न पहिली श्रीमति मोना सौउरी कपुरालाई डिभोर्स दिएका थिए ।
३. स्मिता पटेल र राज बब्बर
राज बब्बरको नदिरा बब्बरसँग विवाह भएको थियो । तर स्मिता पटेल राज बब्बरको प्रेममा परिन् । नदिरालाई छोडेर उनले स्मितासँग विवाह गरे । स्मिताको निधन पछि नदिरासँग फेरी सम्बन्ध राम्रो बनाएका राज बब्बर हाल उनीसँगै बस्छन् ।
४. राज कुन्द्रा र सिल्पा सेट्टी
सिल्पा सेट्टीले आफ्नो घरबार बिगारेको आरोप आज पनि राज कुन्द्राकी पहिली श्रीमति कविताले लगाउँदै आइरहेकी छिन् । ब्रिटिस बिजनेशस म्यान राज कुन्द्रासँग विवाह गरेकी सिल्पा कुनै समय बलिउडमा व्यस्त नायिकामा गनिने गर्थिन् ।
५. सबाना आज्मी र जाबेद अख्तर
नब्बेको दशकी चर्चीत नायिका सबाना अज्मीले जाबेद अख्तरसँग लगनगाँठो कसिन् । अख्तरकी हनी इरानीसँग पहिले नै विवाह भएको थियो । हनीका फर्हान र जोया अख्तर दुई बच्चाहरु रहेका छन् ।
६. रविना टण्डन र अनिल थडानी
फिल्म डिस्ट्रीबिउटर अनिल थडानीले नताशा सिल्पीलाई डिभोर्स दिएलगत्तै रविना टण्डनसँग विवाह गरेकी थिइन् ।
७. रानी मुखर्जी र आदित्य चोपडा
बलिउड एक्ट्रेस रानी मुखर्जीले पनि फिल्म निर्देशक, निर्माता, स्क्रिनराइटर आदित्य चोपडासँग विवाह गरेकी थिइन् । आदित्य पायल खन्नासँग पहिले नै विवाह गरिसकेका थिए । तर उनलाई डिभोर्स दिदै रानीसँग जीवन जोडेका थिए ।
८. लारा दत्त र महेश भुपती\
पुर्व मिस युभिर्स समेत रहेकी लारा दत्तले प्रोफेसनल टेनिस खेलाडी महेश भुपतीसँग विवाह गरेकी थिइन् । भुपतीकी पहिली श्रीमति भने मोडल स्वेता जयशंकर रहेको छ ।
९. करिना कपुर र सेफ अली खान
साहिद कपुरलाई छोडेर एकाएक सेफ अली खानसँग विवाह गरेकी करिना कपुर सेफकी दोस्री श्रीमति हुन् । सेफकी पहिली श्रीमति अमृता सिंह हुन् । उनीहरुको दुईवटा बच्चाहरु रहेका छन् ।
१०. अमृता अरोरा र सकिल लडाक
बिजनेशम्यान सकिल लडाकसँग अमृता अरोराले विवाह गरेकी थिइन् । सकिलकी पहिली श्रीमति भने नेपालको राणा परिवारकी छोरी निशा रानासँग भएको थियो ।
0 comments:
Post a Comment