नयाँदिल्ली—रियालिटी शो बिग बोसको देखिएकी पुजा मिश्रासँग विवादको गहिरो नाता छ । अहिलेसम्म त उनी आफ्नो शो ‘अभी तो पार्टी सुरु हुई है’का क्यामराम्यानमाथि रेपको आरोप लगाइरहेकी थिइन ।
तर, चर्चा र विवादमा आउन रुचाउने यी अभिनेत्रीले पछिल्लो समयमा हद गरेकी छिन् ।
उनले सलमान खान र शत्रुधन सिन्हामाथि रेप गरेको आरोप लगाएकी छिन् ।
बलिउड लाइफको खबरअनुसार पुजाले सलमान र शत्रुधन सिन्हाका विरुद्ध एफआइआर समेत दर्ता गराएकी छिन् ।
जसको कपी उनले सोसल मिडियामा पनि सेयर गरेकी छिन् ।
पुजाको आरोप छ कि सलमान र शत्रुधनले उनको शो ‘अभी त पार्टी सुरु हुई है’को सुटिङको दौरानमा उनलाई रेप गरेका थिए ।
पुजा मिश्राको आरोप प्रतीत यसकारण पनि हुन्छ कि उनी आजकल झुठो खबरमार्फच चर्चा बटुल्न लागिरहेकी छिन् । उनी कहिल्यैं आफूमाथि ग्याङ रेप भएको त कहिले रेप भएको आरोप लगाउँदैं हिडिरहेकी छिन् ।
उनले आफ्नो टिभी लाइफस्टाइल शो ‘अभी तो पार्टी सुरु हुई है’का तीन भिडियोग्राफर मोसिम, सुहान र हरिशमाथि पनि नशालु पदार्थ सेवन गराएर ग्याङ रेप गरेको आरोप लगाएकी थिइन । अहिले भने उनले सलमान र शत्रुधन सिन्हामाथि यस्तो आरोप लगाएकी छन् ।
Saturday, June 18, 2016
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment